चिनियाँ राष्ट्राध्यक्षद्वारा चिनियाँ वैदेशिक सहायता चिकित्सा टोलीको ६० औँ वार्षिकोत्सव र प्रशंसा सम्मेलनका प्रतिनिधिहरूसँग भेटघाट
2023-12-29 16:30:17cri
Share with:

चिनियाँ वैदेशिक सहायता चिकित्सा टोलीको ६० औँ वार्षिकोत्सव तथा प्रशंसा समारोह डिसेम्बर २९ तारिख पैचिङमा आयोजना भयो। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष र केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सम्मेलनका प्रतिनिधिहरूसित हार्दिकतापूर्वक भेटघाट गर्नुका साथै हाल भैरहेको तथा पहिले गरिसकेको चिकित्सा व्यक्तिहरुलाई न्यानो बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा राज्य परिषद्का उपप्रधानमन्त्री लिउ क्वो चाङले बैठकलाई सम्बोधन गर्नु भएको छ। उहाँका अनुसार कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले वैदेशिक सहायता चिकित्सा कार्यलाई ठूलो महत्व दिएको छ र राष्ट्राध्यक्ष सी चिन फिङले वैदेशिक सहायता चिकित्सा कार्यको उपलब्धिलाई पूर्ण रूपमा पुष्टि गर्नुभयो। नयाँ युग र नयाँ यात्रामा चिनियाँ विशेषतासहितको समाजवादसम्बन्धी सी चिनफिङ विचारधाराको निर्देशनमा मानव स्वास्थ्य र स्वास्थ्य समुदायको निर्माणमा ठूलो योगदान दिनुपर्छ।