सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म चीनमा रसद वितरणको कुल मात्रा ३००० खर्ब चिनियाँ युआनभन्दा बढी
2023-12-29 14:23:13CRI
Share with:

चीनको रसद वितरण एवम् खरिद संघले आज (२९ तारिख), सन् २०२३ को ११ महिनासम्मको रसद वितरण सञ्चालनको तथ्याङ्क सार्वजनिक गरेको छ।

सो तथ्याङ्क अनुसार, उद्योग र उपभोग जस्ता आधारभूत क्षेत्रहरू निरन्तर पुनःस्थापित हुँदै आएकोले रसद वितरणमा विस्तार कायम छ। रसद वितरण सञ्चालनको विकास आधार थप सुदृढ हुँदै जाने छ।

चालु वर्षमा जनवरीदेखि नोभेम्बरको अवधिमा, चीनको सामाजिक रसद वितरणको कुल मात्रा ३०५९ खर्ब चिनियाँ युआन पुगेको छ। गत वर्षको सोही अवधिको तुलनामा ५ प्रतिशतले वृद्धि भएको छ र जनवरीदेखि अक्टोबरसम्मको अवधिभन्दा वृद्धि गति ०.१ प्रतिशतले वृद्धि भएको छ। नोभेम्बरमा ६.७ प्रतिशतले बढेको छ र अक्टोबरको तुलनामा १.६ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ।