सन् २०२४ दुईवटा राष्ट्रिय धिवेशनको समय निश्चित
2023-12-29 18:36:59cri
Share with:

१४ औँ चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिको सातौँ बैठक डिसेम्बर २९ तारिख दिउँसो सम्पन्न भयो। उक्त बैठकले १४ औं राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशन सन् २०२४ मार्च ५ तारिख पैचिङ्गमा आयोजना गर्ने निर्णयलाई पारित गरेको छ।

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन १४ औँ राष्ट्रिय समितिको स्थायी समितिको १२ औँ बैठक पनि सम्पन्न भएको छ। उक्त बैठकले चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन १४ औँ राष्ट्रिय समितिको दोस्रो अधिवेशन बोलाउने निर्णयको समीक्षा र अनुमोदन गरेको छ। जस अनुसार चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन १४ औँ राष्ट्रिय समितिको दोस्रो अधिवेशन सन् २०२४ मार्च ४ तारिखमा बेइजिङमा आयोजना गर्न सुझाव पेश गरेको छ।