नेपालमा चीनबाट आउन थालेपछि सस्तिन थाल्यो प्याज
2023-12-30 16:31:36cri
Share with:

दुई साताअघि किलोकै दुई सय रुपैयाँसम्ममा बिक्री भएको प्याजको भाउ घट्न थालेको छ भारतले निर्यातमा बन्देज लगाएपछि केही व्यवसायीले चीनबाट आयात सुरु गरेका छन् खुला सीमाका कारण केहीले भारतबाटै अवैध रूपमा प्याज भित्र्याएका छन् चीन भारतबाट भित्रिन थालेपछि प्याजको मूल्य घट्न थालेको कान्तिपुर अनलाइनले लेखेको छ 

प्याजको हकमा आयातमै निर्भर हुनुपर्छ आयातमा अवरोध हुँदा बजार भाउ बढ्ने हो, पछिल्लो समय आपूर्ति सहज हुँदै गएको छ बजारमा प्याज आएको ,’ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले भन्नुभयो, ‘भारतले निर्यात बन्देज गरे पनि व्यापारीको सम्पर्क सूत्रबाट आयात भएको छ चीनबाट समेत आउँदा मूल्य घटेको देखिन्छसामान्य दिनमा कालीमाटीमा दिनको ८० देखि ९० टन प्याज भित्रिन्छ दुई साताअघि दैनिक १०/१५ टन भित्रिएको थियो पछिल्लो समय दैनिक ३०/४० टन भित्रिएको कुनै बेला ६० टनसम्म भित्रिएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो

कालीमाटी बजारमा भित्रिने प्याजमध्ये करिब ५ प्रतिशत चिनियाँ प्याज हो भारतबाट पनि सहजै आइराखेको ,’ उहाँले भन्नुभयो, ‘आयातका क्रममा केही बिग्रेका, उम्रेका छन् नबिग्रेको आए मूल्य अझै घट्छ मूल्य ट्ने सम्भावना पनि छप्याज कञ्चनपुरदेखि झापासम्म उत्पादन हुन्छ ती क्षेत्रमा वार्षिक करिब लाख टन उत्पादन हुन्छ तर स्वदेशी उत्पादनले स्वदेशी माग तीन महिना पनि धान्दैन त्यसपछि आयातमै निर्भर हुनुपर्छ पछिल्लो समय व्यवसायीको हडताल भारतले निर्यातमा लगाएको बन्देजका कारण आयातमा समस्या देखिएको हो

सरकारले बजेटमार्फत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि व्यवसायी पटकपटक विरोधमा उत्रिने गरेका छन् विरोधस्वरूप गत मंसिर १९ देखि केही दिन प्याज आयात बिक्री गरेनन् त्यही बेला भारतले मंसिर २२ देखि लागू हुने री प्याज निर्यातमा बन्देज लगाइदियो पछिल्लो समय भारतको महाराष्ट्र, राजस्थानलगायत क्षेत्रमा प्याजको उत्पादन घटेको छ भारतले आफ्नो माग पूर्ति गर्न १० लाख टन प्याज अफ्रिकाबाट मगाएको निर्वाचनका कारण पनि निर्यातमा बन्देज गरेको जानकार बताउँछन्

त्यही बेला नेपाली व्यवसायीको हडतालले बजारमा मूल्य अकासिएको हो मंसिर ३० मा होलसेल मूल्य सय ५० रुपैयाँसम्म पुग्यो मूल्य खुद्रा बजारमा प्रतिकिलो सयसम्म पुग्यो भारतीय बजारको कब्जामा रहेको प्याजको मूल्य अकासिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चीनबाट प्याज ल्याउन व्यवसायीसँग छलफल गरेको थियो

पछिल्लो समय चीनबाट पनि प्याज आएको छ अर्को बाटो भारतबाट पनि आएको देखिन्छ,’ मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले भन्नुभयो, ‘बजार मूल्यको कुरा गर्दा घटेको छदुई सातायताकै तथ्यांक हेर्दा पनि मूल्य घटेको देखिन्छ समितिले निर्धारण गरेको प्याजको मूल्य विवरणअनुसार पुस , , , ४ मा प्रतिकिलो होलसेल मूल्य १ सय ४५ रुपैयाँ निर्धारण गरेको छ त्यसपछि पुस मा प्रतिकिलो सय ४० पुस मा सय ३५ रुपैयाँ तोकेको

पुस ७ देखि चीनबाट पनि आयात भयो यस दिन चिनियाँ प्याजको मूल्य प्रतिकिलो ९५ रुपैयाँ तोकियो भारतीय प्याजको मूल्य पनि घटेर सय १० रुपैयाँ तोकियोपुस १३ सम्म आइपुग्दा भारतीय प्याजको औसत मूल्य ९० रुपैयाँ र चिनियाँ प्याजको मूल्य ८२.५० रुपैयाँ तोकिएको छ खुद्रा बजारमा प्रतिकिलो ९५ देखि १ सय रुपैयाँसम्ममा बिक्री भइरहेको खुद्रा व्यापारी चन्द्र थापाले जनाउनुभयो

बजारमा आपूर्तिको अवस्था सहज बन्दै छ मूल्य पनि दैनिक घट्ने क्रममा ,’ थापाले भन्नुभयो, ‘धेरै आयात र परनिर्भर भएर हुँदैन, स्वदेशमै उत्पादन बढाउन जरुरी छ

नेपाल कृषि उपज आलु प्याज आयातनिर्यात तथा थोक विक्रेता संघका महासचिव प्रकाश गजुरेलले पनि मूल्य घट्ने क्रममा रहेको पुष्टि गर्नुभयो अहिले ५० देखि सय टनसम्म प्याज भित्रिएको छ भारतले निर्यात बन्देज गरे पनि खुला सीमाको सदुपयोग भएको प्रतिबन्ध भए पनि प्याज आएकै ,’ महासचिव गजुरेलले भन्नुभयो, ‘एक सातामा चीनबाट करिब १ सय टन आयात भएको छ चीनबाट पनि आउन थालेपछि मूल्य घट्योअबको केही दिनमा प्याजको होलसेल मूल्य ७५ देखि ८० रुपैयाँसम्ममा झर्ने उनको भनाइ छ