सी चिनफिङले नव वर्ष २०२४ को शुभकामना सन्देश दिनुहुने
2023-12-30 15:56:58cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले डिसेम्बर ३१ तारिख बेलुका ७ बजे सीएमजी र इन्टर्नेटमार्फत नव वर्ष सन् २०२४ को शुभकामना सन्देश दिनुहुने भएको छ। सीएमजी अन्तर्गत सीसीटीभी व्यापक च्यानल, समाचार च्यानल, चिनियाँ भाषाको अन्तर्राष्ट्रिय च्यानल, ४ के च्यानल, सीजीटीएनका विभिन्न विदेशी भाषा च्यानल, चिनियाँ राष्ट्रिय रेडियो, चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, जन दैनिक अखवारको वेभसाइट, सिनह्वा समाचार समितिको वेभसाइट, सीसीटीभी समाचार एप लगायत केन्द्रीय मुख्य मिडियाका वेभसाइट, नयाँ मिडिया मञ्चमा समयमै त्यसको प्रसारण गरिनेछ।