चीन र रुसका सर्वोच्च नेताहरूद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान
2023-12-31 22:08:10cri
Share with:

सन् २०२३ को डिसेम्बर ३१ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नु भएको छ।

चिनियाँ सरकार र जनताको तर्फबाट सी चिनफिङले राष्ट्रपति पुटिन र रुसी जनतालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। सी चिनफिङले सन् २०२३ मा एक शताब्दीको परिवर्तन र अशान्त अन्तर्राष्ट्रिय तथा क्षेत्रीय परिस्थितिको सामना गर्दै चीन र रुस सम्बन्धले सधैँ स्वस्थ र स्थिर विकास कायम राखेको र सही दिशामा स्थिरताका साथ अघि बढेको बताउनुभयो। सी चिनफिङले राष्ट्रपति पुटिन र आफूले संयुक्त रूपमा दुई पक्षले आउने दुई वर्ष चीन-रूस सांस्कृतिक वर्ष मनाउने घोषणा गरेको कुरा स्मरण गर्नुभयो। दुई देशबीचको दौत्य सम्बन्ध स्थापना भएको ७५ औँ वर्षगाँठ पनि आफूहरुले सम्मानपूर्वक मनाउने बताउनुभयो।

राष्ट्रपति पुटिनले राष्ट्राध्यक्ष सी चिनफिङलाई नयाँ वर्षको शुभकामना दिँदै मित्रवत चिनियाँ जनताको सुख र सुस्वास्थ्यको कामना गर्नुभएको छ। पुटिनले भन्नुभयो सन् २०२३ मा आफूहरुले दुई पटक भेटेको र नयाँ युगका लागि रुस-चीन बृहत्तर रणनीतिक साझेदारीको चौतर्फी विकासमा बलियो प्रेरणा दिएका छौँ।

सोही दिन चिनियाँ राज्य परिषद्का प्रधानमन्त्री ली छ्याङ र रुसी प्रधानमन्त्री मिशुस्टिनले नयाँ वर्षको शुभकामना सन्देश आदानप्रदान गर्नुभएको छ।