दौत्य सम्बन्ध स्थापना भएको ४५औं वार्षिकोत्सवमा चीन र अमेरिकाका राष्ट्रप्रमुखबीच आपसी सन्देश
2024-01-01 16:32:08CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र अमेरिकाका राष्ट्रपति जो बाइडेनले १ तारिख आपसमा सन्देश पठाएर दौत्य सम्बन्ध स्थापना भएको ४५औं वार्षिकोत्सव मनाउनुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङका अनुसार, चीन र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापना दुई देशबीचको इतिहास र अन्तर्राष्ट्रिय सम्बन्धको इतिहासमा पनि ठूलो मामिला हो। ४५ वर्षयता चीन र अमेरिकाको सम्बन्ध  समग्र रूपमा अगाडि बढाएर जनताको फाइदा बढाउनुका साथै विश्वको शान्ति, स्थिरता र समृद्धिलाई पनि घच्घच्याएको छ। आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व, सहयोग तथा साझा विजय हुनु चीन र अमेरिकालगायत दुई ठूला मुलुकको उचित सहअस्तित्वको तरिका भएको इतिहासबाट पुष्टि गरिएको छ। यो नयाँ काल दुई देशबीच साझा प्रयासको दिशा हुनुपर्छ।

सन्देशमा सीले भन्नुभयो, ‘म र राष्ट्रपति बाइडेनले सान फ्रान्सिस्कोमा वार्ता गरेर भविष्य उन्मुख “सान फ्रान्सिस्को भिजन” सिर्जना गरेका छौं। जसले आपसी सम्बन्धका लागि दिशानिर्देश गरेको छ। दुबै पक्षले राष्ट्रनायक सहमति र उपलब्धिलाई व्यवहारमा उतारेर व्यवहारिक गतिविधिमार्फत् चीन र अमेरिकाको सम्बन्धको स्थिर, स्वस्थ तथा दिगो विकासलाई अघि बढाउनुपर्छ।

यसैगरी सन्देशमा अमेरिकी राष्ट्रपति बाइडेनले सन् १९७९ मा दौत्य सम्बन्ध स्थापनादेखि अमेरिका र चीनको सम्पर्कले अमेरिका, चीन र विश्वको समृद्धि तथा मौका बढाएको प्रकट गर्नुभयो।

‘म जिम्मेवारीका साथ यो महत्वपूर्ण सम्बन्धको व्यवस्थापन गर्न प्रयास गर्छु, उहाँले भन्नुभयो, ‘हाम्रा पूर्ववर्ती र हामीबीच धेरैपटकको वार्ता तथा छलफलमा हासिल भएको प्रगतिको आधारमा अमेरिका-चीन सम्बन्धको अझ विकास गर्ने प्रतिक्षामा रहेको छु।’