ब्रिक्स सहयोग प्रणालीमा पाँच मुलुकको संलग्नता जनवरी १ तारिखदेखि लागू
2024-01-01 16:58:29CRI
Share with:

सन् २०२४ जनवरी १ तारिख साउदी अरबिया, इजिप्ट, संयुक्त अरब इमिरेट्स, इरान, इथियोपिया ब्रिक्स मुलुकहरूका औपचारिक सदस्य बनेका छन्। ब्रिक्सका नयाँ सदस्य मुलुकका विशेषज्ञ र विद्वानले ब्रिक्स मुलुक सहयोग प्रणालीमा संलग्नता विभिन्न मुलुकले आफ्नो शक्ति अन्वेषण गर्नका लागि हितकर हुने, सहयोगले आफ्नो मुलुकको आर्थिक विकास बढाउनसक्ने कुरा व्यक्त गर्नुका साथै ब्रिक्स सहयोग प्रणालीका लागि नयाँ जीवन्त शक्ति थप्ने अपेक्षा लिएका छन्। 

साउदी अरबियाका अर्थत्रशास्त्री सालेहले साउदी अरबिया पूर्व र पश्चिमलाई जोड्ने पेटी बन्नसक्ने, विश्वका विभिन्न मुलुकलाई पारस्परिक रुपमा जोड्न मद्दत दिनसक्ने, ब्रिक्स सहयोग प्रणालीमा संलग्न भएपछि साउदी अरबिया समृद्ध हुने कुरा बताउनुभयो। 

अनेकौं मुलुकहरूका विशेषज्ञ र विद्वानले ब्रिक्स मुलुकको प्रतिनिधित्वमा रहेको नवोदित मुलुकहरू र विकासोन्मुख मुलुकहरूले विश्वशान्ति र विकासका लागि अझै ठूलो योगदान दिनसक्ने कुरा बताएका छन्।