चीन र उत्तर कोरियाका सर्वोच्च नेताद्जवारा नव वर्षको शुभकामना सन्देशका क्रममा “चीन-उत्तर कोरिया मैत्रिपूर्ण वर्षको” घोषणा
2024-01-01 16:30:17CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव एवम् चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र उत्तर कोरियाली वर्कर्स पार्टीका महासचिव एवम् राष्ट्र परिषदका सदस्य किम जोङ उनले १ तारिख नव वर्षको आपसी शुभकामना सन्देश पठाउँदा सन् २०२४ “चीन-उत्तर कोरिया मैत्रिपूर्ण वर्ष”  तोकेको घोषणा गर्नुभएको छ।

सी चिनफिङका अनुसार, चीनले उत्तर कोरियासँग दौत्य सम्बन्ध स्थापना भएको ७५औं वार्षिकोत्सव एवम् “चीन-उत्तर कोरिया मैत्रिपूर्ण वर्ष”को उपलक्ष्यमा परम्परागत मित्रताको प्रचार गर्ने, रणनीतिक विश्वासलाई गहन पार्ने र आदानप्रदान तथा सहकार्यलाई बढाउने गरी द्विपक्षीय सम्बन्धको अझ विकास गरी मित्रताको नयाँ अध्याय सुरू गर्ने इच्छा राखेको छ। जसबाट दुबै देशका जनतालाई अझ बढी फाइदा हुनुका साथै क्षेत्रीय शान्ति तथा स्थिरताका लागि नयाँ योगदान दिन सकिन्छ। 

उत्तर कोरिया र चीनका पार्टी र सरकारहरूले “मैत्रिपूर्ण वर्ष” कार्यक्रमको आयोजनामार्फत् राजनीति, अर्थतन्त्र तथा सँस्कृतिलगायत क्षेत्रको आदानप्रदानलाई सबल पार्नुका साथै मैत्रिपूर्ण सम्बन्ध बढाएर क्षेत्रीय र विश्व शान्ति तथा स्थिरताको रक्षा गर्ने क्रममा समन्वयलाई सबल पारी सम्बन्धको नयाँ अध्याय सिर्जना गर्ने विश्वास किम जोङ उनले सन्देशमा व्यक्त गर्नुभएको छ।