भारत र पाकिस्तानबीच आणविक सूचि साटासाट
2024-01-01 20:02:31CRI
Share with:

स्थानीय समय अनुसार जनवरी १ तारिख भारतीय विदेश मन्त्रालयले जारी गरेको समाचार अनुसार भारत र पाकिस्तानले एकैसाथ कूटनीतिक माध्यमबाट आणविक उपकरण र सुविधाहरूमा हमला गर्न निषेध गर्ने भारत र पाकिस्तानबीच भएको सम्झौतामा समेटिएका आणविक उपकरण र सुविधाहरूको सूची आदानप्रदान गरेका छन्। त्यस दिन नयाँ दिल्ली र इस्लामाबादमा यस्तो सूचि साटासाट गरिएको हो। 

दुई देशले यस्तो सूची आदानप्रदान गरेको यो लगातार ३३ औं पटक हो। पहिलो आदानप्रदान जनवरी १ सन् १९९२ मा भएको थियो।