#अल्पसंख्यक जाति# तिब्बतको उच्चस्तरीय खुलापन तीव्र गतिमा-१
2024-01-02 10:11:55cri
Share with:

“यहाँ पेय पदार्थ, खाजा आदि सामान किन्न ज्यादै सुविधाजनक छ।” गत सेप्टेम्बर १ तारिख खासा भन्सार पुनर्सञ्चालनमा आएको छ। नेपाली बाह्रबिसेको कोदारी गाउँमा बस्ने सोनाका लागि यो खुशीको कुरा हो।

 

सोनाले गाउँमा एउटा सानो पसल सञ्चालन गर्नुभएको छ। “पहिला यो बाटोमा धेरैपटक हिडेको थिएँ। हाल फेरि आवत-जावत गर्न सकिन्छ।” सोनाले खुशीयालीपूर्वक बताउनुभयो।

 

सन् २०१५ नेपालमा गएको भयंकर भूकम्पका कारण खासा भन्सार बन्द भएको थियो। विभिन्न पक्षको प्रयासमा सन् २०१९ मे २९ तारिखदेखि खासा भन्सारमा सामानको ढुवानी पुनःसुरू भयो। साथै सन् २०२३ मे १ तारिखदेखि मालसामानको दुईतर्फी प्रवाह पनि सुचारू रूपमा पुनःसुरू भएको छ।

 

गत सेप्टेम्बर १ तारिखदेखि खासा भन्सारमा मानवको भन्सार क्लियरेन्स पुनः अध्यागमनमा आउजाउ गर्ने मान्छेको संख्या बढ्दैआएको छ। डिसेम्बर ४ तारिखसम्म अध्यागमनमा मान्छेको संख्या पटक-पटक परी एक लाखभन्दा बढी पुगेको छ।

 

जनवरीदेखि अक्टोबरसम्म खासा भन्सारबाट कृषि उत्पादनको आयात-निर्यात रकम र व्यापारिक मात्रा तिब्बती स्थल भन्सारबाट कृषि उत्पादनको आयात-निर्यात रकम र मात्रामा छुट्टा-छुट्टै रूपमा ८६.८४प्रतिशत र ८८.७४प्रतिशत पुगेको छ।

 

यी अंकहरूले तिब्बत स्वायत्त प्रदेशका प्रमुख वाङ च्युको भनाइको पुष्टि गरेको छ-खुला अर्थतन्त्र सबैभन्दा शक्तिशाली छ र खुला क्षेत्र सबैभन्दा प्रतिस्पर्धात्मक छ।

 

केही वर्षयता चिनियाँ तिब्बतले दृढताका साथ उच्चस्तरीय खुलापनलाई बढाएर वैदेशिक खुलापनसम्बन्धी आधारभूत प्रबन्ध क्रमशः सुधार हुँदै, मिलीजुली फाइदा क्रमशः स्पष्ट बन्दै र सामाजिक प्रभाव क्रमशः बढ्दैआएको छ। जसबाट कार्यरत् अधिकारीको कार्य क्षमता पनि क्रमशः बढेको छ। तिब्बतको वैदेशिक खुलापनमा नयाँ जैविक शक्ति देखाइएको छ।

 

नयाँ जैविक शक्ति खासा भन्सारको खुलापनमा स्पष्ट रूपमा पुष्टि गरिएको छ। चीन र नेपालबीच राजनीतिक, आर्थिक, साँस्कृतिक आदानप्रदान गर्ने मुख्य मञ्च भएको खासा भन्सारले दुइ देशको अन्तर्क्रिया, आर्थिक तथा व्यापारिक सहकार्य लगायत क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको छ। खासा भन्सारको पुनः सञ्चालनमार्फत् व्यापारीहरूले सक्रिय रूपमा वैदेशिक व्यापार गर्नथालेका छन्।

 

तिब्बती स्युताथुङ रसद कम्पनिमा कार्यरत् कर्मचारी वु छ्याङस्युबाट प्राप्त जानकारीअनुसार, खासा भन्सारमा चार कन्टेनर ढुवानी गर्ने कम्पनीहरू छन् प्रत्येक दिन अध्यागमन गर्ने ट्रकको संख्या लगभग ३० पुगेको छ। सामानमा मुख्यतः दैनिक आवश्यकता, निर्माण सामग्री, कृषि र साइडलाइन उत्पादन आदि हुन्।