चीनबाट ब्रिक्स साझेदारीसँगै “ठूलो ब्रिक्स सहकार्य”लाई अगाडि बढाइने
2024-01-02 16:50:32CRI
Share with:

ब्रिक्स सहकार्यको भविष्यप्रति चीन आशावादी छ। १८ वर्ष यता ब्रिक्स सहकार्य व्यवस्थापनको एकता र प्रभाव बढेर अन्तर्राष्ट्रिय मामिलामा एउटा सक्रिय, स्थिर र राम्रो शक्ति बनेको छ। ब्रिक्सको सदस्य देश  १० वटासम्म बढेका छन्। जसले ब्रिक्स सहकार्यसँग उज्यालो भविष्य रहेको देखिन्छ। 

ब्रिक्स देशहरूले सम्बन्धित देशको अनुरोधबमोजिम सदस्यता विस्तार गर्ने निर्णय गरेका छन्। यो नयाँ उदीयमान बजार र विकासोन्मुख मुलुकको साझा इच्छा अनुकुल हुनुका साथै विश्वको बहुध्रुवीयताको ऐतिहासिक लहरअनुकुल छ। चीनले ब्रिक्स साझेदारीसँगै “ठूलो ब्रिक्स सहकार्य”मा अझ बढी नयाँ उपलब्धि हासिल गर्न प्रयास गर्नेछ। 

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले २ तारिख पत्रकार सम्मेलनमा ब्रिक्सको सदस्यता विस्तारबारे उक्त कुरा बताउनुभएको हो।