चीनले आफ्नो मात्र विकास गर्दैन : राष्ट्रपति सी चिनफिङ
2024-01-02 16:37:39CRI
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नयाँ वर्ष २०२४ को शुभकामना सन्देश दिनुभयो। सन्देशमा उहाँले सन् २०२३ को संघर्षलाई जारी राखी दृढताका साथ अगाडि बढ्ने अठोट व्यक्त गर्नुभयो। साथै सन् २०२३ मा चीनले गरेको विकासको संक्षेपीकरण गर्दै आगामी वर्षका लागि समृद्धि तथा विश्व शान्तिको कामना गर्नुभयो।

हिमालप्रेस अनलाइनका अनुसार कोभिड महामारीको नियन्त्रण र रोकथामपछि चिनियाँ अर्थतन्त्र निरन्तर सुधार मात्रै नभई उच्च गुणस्तरीय विकास भइरहेको सीको ठहर छ। लगातार २० वर्षदेखि चीनले अनाजको उत्पादनमा अग्रता लिइरहेको छ भने लामो संघर्षपछि चीनको रचनात्मक शक्ति र जीवन्त विकास शक्ति देखिएको छ।

सी-९१९ यात्रुबाहक विमानको व्यावसायिक उडान, स्वदेशी पानीजहाजको परीक्षण सञ्चालन, सनचौको अन्तरिक्ष कार्य, ‘फनतौच’ पनडुब्बीको चरम सामुद्रिक गहिराइमा पहुँच र चिनियाँ ब्रान्डले हासिल गरेको व्यापक स्वागतको सीले चर्चा गर्नुभयो।

शुभकामना सन्देशमा राष्ट्रपति सीले चीनले आफ्नो मात्र विकास नगरी विशाल राष्ट्रको जिम्मेवारी पनि सक्रिय रूपमा पूरा गरेको बताउनुभयो। चीन-मध्य एसिया शिखर सम्मेलन, तेस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च लगायत कूटनीतिक कार्यक्रमले विश्वका मित्रलाई स्वागत गरेको उहाँको भनाइ छ।

यसैबीच न्यूज पोलारका अनुसार नयाँ वर्ष सन् २०२४ का लागि सी चिनफिङले चाइना मिडिया ग्रुप र इन्टर्नेटमार्फत दिनुभएको शुभकामनामा न्यानो जीवन तथा पुन:उत्थानको व्यस्त अवस्थाबाट असल जीवनबारे मानिसका इच्छाको ब्याख्या गर्नुभएको छ। साथै एउटा जिवित तथा न्यानो चीन पनि देखाउनु भएको छ। न्यानो जीवन तथा पुन:उत्थान व्यस्त अवस्थाबाट असल जीवनबारे मानिसका इच्छाको ब्याख्या गर्दै एउटा जिवित तथा न्यानो चीन पनि देखाइएको सीले व्यक्त गर्नुभयो।