राष्ट्राध्यक्ष सीको नयाँ वर्ष सन् २०२४ को शुभकामना सन्देशप्रति सकारात्मक प्रतिकृया
2024-01-02 15:05:25CRI
Share with:

नयाँ वर्ष सन् २०२४ को पूर्वसन्ध्यामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले शुभकामना सन्देश दिनुभएको छ। न्यानो भाषा र सदिच्छापूर्वक ख्याल-विचारले देशभरका १ अर्ब ४० करोड जनतालाई ठूलो प्रेरणा दिएको छ। उहाँको शुभकामना सन्देशपछि देशभरबाट सकारात्मक प्रतिकृया पनि आएको छ।

 

“राष्ट्राध्यक्ष सीको शुभकामना सन्देश सुनेपछि हामीलाई ज्यादै उत्साहजनक लागेको छ।” सिन्च्याङ मानास जिल्ला मातहतको ह्वै याउ च गाउँका पार्टी समितिका उपसचिव बार्हदी कार्तानले खुसीसाथ भन्नुभयो: “गोरू र खसीको मासु व्यवसायको ठूलो विकासमार्फत हाम्रो गाउँका गोठाला र कृषकको प्रतिवर्षको औसत आम्दानी २० हजार चिनियाँ युआनभन्दा बढी पुगेको छ।” 

सी-९१९ विमानका मुख्य डिजाइनर मा स्येन छाउका अनुसार, चीनको विशाल विमान कार्यको विकास चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको दृढ नेतृत्वमा भर पर्नुपर्छ। 

“राष्ट्राध्यक्ष सीले शुभकामना सन्देशमा विशेषगरी शन चौ परिवारको उत्तराधिकारबारे चर्चा गर्नुभएको छ। हामीलाई एकदमै गौरव लागेको छ।” शन चौ १७ नम्बर अन्तरिक्ष यानका अन्तरिक्ष यात्रु याङ होङ पोले भन्नुभयो: “राष्ट्राध्यक्ष सीको निर्देशन बमोजिम हामीले अन्तरिक्ष क्षेत्रको सर्वेक्षण गर्ने महा कार्यका लागि अझ बढी र उत्कृष्ट चिनियाँ अनुभवको योगदान गर्दै जानेछौँ।”