परिवर्तित र अराजक विश्वमा चीनको जिम्मेवारीबोध
2024-01-02 18:57:15CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नव वर्षको शुभकामना सन्देशमा मानव भाग्य समुदायको निर्माण गरी अझ सुन्दर विश्वको निर्माण गर्ने इच्छा राख्नुभयो। २ तारिख आयोजित चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा केही सम्वाददाताले नयाँ वर्षमा चिनियाँ कूटनीतिले त्यसमा के प्रयास गर्नेछ भन्ने प्रश्न सोध्नुभएको छ। 

प्रत्युत्तरमा प्रवक्ता वाङ वनपिनले सन् २०२३ परिवर्तित तथा अराजक विश्वमा चीनले स्थिरता र निश्चितता थप्न ठूलो मुलुकको जिम्मेवारीबोध गर्नुका साथै यो कुराको अन्तर्राष्ट्रिय जगत पनि साक्षी रहेको बताउनुभयो। 

सन् २०२४ नयाँ चीन स्थापना भएको ७५औं वार्षिकोत्सव हो। नयाँ यात्रामा चीनले सी चिनफिङ नयाँ कालमा चिनियाँ विशेषतायुक्त समाजवादी विचार, विशेषगरी सी चिनफिङको कूटनीतिक विचारको निर्देशनमा मानव भाग्य समुदायको मुख्य विषयमाथि विभिन्न देशको साझा समृद्धि र शान्ति, सुरक्षा तथा प्रगतिउन्मुख विश्वको उज्यालो भविष्यलाई बढाउनेछ।