नयाँ वर्षको विदामा चीनका शहरहरूमा रङ्गीन गतिविधिहरू
2024-01-02 14:37:46CRI
Share with:

नयाँ वर्षको बिदामा चीनको थ्येनचिन शहरमा अवस्थित राष्ट्रिय पर्यटक तथा मनोरञ्जन सडक मानिने युयाङ प्राचीन सडकमा अद्भुत प्रकाश कार्यक्रमको आयोजना गरिएको छ। यो प्रकाश र छायाँ कार्यक्रममा पुरातन शहरको भित्तालाई "पर्दा" को रूपमा प्रयोग गरी चिचौका ऐतिहासिक स्मारकहरू जस्तै डुले मन्दिर, बैथा मन्दिर, र कन्फ्युसियस मन्दिरका साथै चिचौका रमणीय स्थलहरूको सुन्दर दृश्यहरूको रूपरेखा बनाउन लेजर प्रयोग गरिएको छ। लेजरद्वारा फिनिक्स र विविध चराहरू जस्ता शुभ अर्थका चिनियाँ शैलीका चित्रहरू पर्यटकहरूका बीचमा उड्दै गरेको देख्न पाइन्छ, जसले पर्यटकहरूलाई हजारौँ वर्ष पुरानो अद्वितीय आकर्षण देखाएको छ।

नयाँ वर्षको विदामा उल्लिखित परम्परागत पर्यटक गतिविधिहरूका साथै चीनको हुनान प्रान्तीय छङ्शा शहरमा बालबालिकाहरूले विज्ञान र प्रविधि सङ्ग्रहालयमा नयाँ वर्षका रङ्गीन गतिविधिहरूमा भाग लिएका छन्। बालबालिकाहरूले ड्रोन प्रतियोगितामा विज्ञान, प्रविधि र खेलकुदको संयोजनलाई महसुस गरेका छन् जसले टोली कार्यको भावनाको विकास मात्र नभइ उनीहरूलाई चुनौतीमा सफलताको आनन्दको अनुभव गर्ने अवसर पनि दिएको छ।