चीन र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापना भएको ४५औं वार्षिकोत्सवबारे चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताको भनाइ
2024-01-02 17:02:22CRI
Share with:

सन् २०२४ चीन र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापना भएको ४५औं वार्षिकोत्सव हो। चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र अमेरिकाका राष्ट्रपति जो बाइडेनले १ तारिख आपसमा सन्देश पठाएर दौत्य सम्बन्ध स्थापना भएको ४५औं वार्षिकोत्सव मनाउनुभएको छ। 

४५ वर्षमा चीनको नीति लगातार र स्पष्ट छ अथवा आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व, सहयोग तथा साझा विजय हो। यो चीन र अमेरिका सम्बन्धको अनुभव हो र दुई ठूला मुलुकको उचित सहअस्तित्वको तरिका हो। यो युगको विकास प्रवृति र दुई मुलुकको साझा फाइदाअनुकूल छ। चीन र अमेरिका आ-आफ्नै सफलता आपसका लागि मौका हो। दुई पक्षले आपसी सहयोगमा साझा समृद्धि हासिल गर्न सक्छन्। 

चीनले स्थिर, स्वस्थ र दिगो विकास हुने चीन-अमेरिका सम्बन्धको निर्माण गर्न प्रयास गरेको छ।

१ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले चीन र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापना भएको ४५औं वार्षिकोत्सवबारे उक्त कुरा बताउनुभएको हो।