चिनियाँ-जर्मन युवा सङ्गीत आदान-प्रदान समारोह जर्मनीको दुसलदोफमा आयोजित-१
2024-01-02 10:09:43cri
Share with:

 

नोभेम्बर २४ तारिख चिनियाँ-जर्मन युवा सङ्गीत आदान-प्रदान समारोह जर्मनीको दुसलदोफमा रहेको दुसलदोफका लागि चिनियाँ महावाणिज्य दूताबासमा आयोजना गरिएको छ। चीनको स छ्वान प्रान्त तथा जर्मनीको नर्थ राइन वेस्टफालियाका युवा-युवतीहरुले सङ्गीत तथा चिनियाँ र जर्मन भाषाबारे उनीहरुको विचार राखेका छन्।

 

सङ्गीत आदान-प्रदान समारोहमा जर्मनीको दिए इजरेन्भोर्सिचेन्दिदेस चिनेसिसच कोरस तथा स छ्वान प्रान्तको छङ तु विदेशी भाषा विद्यालयको समूहले “गीतको पखेटामा” र “छङ तु” लगायत चिनियाँ र जर्मन गीतहरू संयुक्त रुपमा गाउँदै गीतमार्फत आपसी दूरीलाई छोटो बनाएका छन्।

 

दुई मुलुकका युवा-युवतीहरुले “सङ्गीत”, “चिनियाँ भाषा” तथा “म र स छ्वान” लगायत विषयहरुबारे वैचारिक आदान-प्रदान गरेका छन्। जर्मनीको चिनेसिसच कोरसका सदस्यहरुले चिनियाँ गीत सिक्ने क्रममा आफ्नो अनुभव तथा पहिले स छ्वान प्रान्तमा प्रदर्शन गर्दाको अनुभव बाँडेका छन्। उनीहरुले फेरि पनि स छ्वान घुम्ने इच्छा राखेका छन्। त्यसपछि छङ तुका युवा युवतीहरुले जर्मन गीत सिकाइको अनुभव सुनाउँदै सङ्गीत तथा भाषा विभिन्न संस्कृति जोड्ने पूल भएको व्यक्त गरेका छन्। उनीहरुले संयुक्त प्रदर्शनमार्फत विभिन्न संस्कृति बीचको जानकारीलाई अघि बढाउन सक्ने तथा चीन र जर्मनीका युवा-युवतीहरु बीचको मित्रता र आदान-प्रदानलाई प्रबल पार्न सक्ने आशा गरेका छन्।

 

दुसलदोफका लागि चिनियाँ महावाणिज्य दूत तु छुन कोले चीन र जर्मनीका विद्यार्थीहरुले भाषाको सिकाइ तथा सङ्गीतको आदान-प्रदानमार्फत दुई देशको संस्कृतिबारे जानकारी लिनुका साथै चीन र जर्मनी बीचको अरु बढी जानकारी तथा स छ्वान प्रान्त र नर्थ राइन वेस्टफालिया बीचको मित्रतालाई गहन बनाउनका लागि योगदान पुर्‍याएको बताउनुभयो।

आज चीन र जर्मनीका विद्यार्थीहरुले जर्मनीको नर्थ राइन वेस्टफालियामा प्रत्यक्ष रुपमा आदान-प्रदान गरेका छन्, यो एउटा अर्थपूर्ण कुरा हो मलाई लाग्छ। स छ्वान प्रान्त र नर्थ राइन वेस्टफालिया बीचको भगिनी सम्बन्ध स्थापना भएको ३५ वर्ष भइसकेको छ। विद्यार्थीहरुले गीतमार्फत चीन र जर्मनीको संस्कृति खोज्ने र विभिन्न संस्कृति बुझ्ने व्यक्ति बनेर चीन-जर्मनी मैत्रीपूर्ण आदान-प्रदानको नयाँ अध्याय लेख्न सक्ने मैले आशा गरेको छु।