चीनबाट भूकम्पको उद्धारमा जापानलाई सहयोग दिने इच्छा
2024-01-03 16:08:29CRI
Share with:

चीनले २ तारिख जापानमा गएको भयंकर भूकम्पप्रति हार्दिक सान्त्वना प्रकट गरेको छ। चीनले भूकम्प प्रतिरोध तथा उद्धारमा जापानलाई आवश्यक सहयोग दिने इच्छा राखेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले ३ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। 

प्राप्त जानकारीअनुसार, हालसम्म जापानमा गएको भूकम्पबाट चिनियाँ नागरिकको हताहतसम्बन्धी जानकारी छैन। चिनियाँ परराष्ट्र मन्त्रालय र जापानका लागि चिनियाँ दूतावासले भूकम्प प्रकोपमाथि निरन्तर ध्यान दिएर जापानस्थित चिनियाँ नागरिकलाई समयमै आवश्यक सहयोग दिनेछन्।