छोङ छिङ प्रकाश कला महोत्सवमा सर्वसाधारण आकर्षित
2024-01-03 14:45:54CRI
Share with:

 

सन् २०२४ को जनवरी २ तारिख चीन-छोङ छिङ दोस्रो अन्तर्राष्ट्रिय प्रकाश कला महोत्सव चीनको छोङ छिङ कला पार्कमा शुरू भएको छ। प्रकाश, छायाँ र किरण, कलाद्वारा जीवनलाई अझै सुमधुर बनाऔँ भन्ने सो कला महोत्सवको मुख्य नारा रहेको छ। 

सो कला महोत्सवको अवधिमा लगभग ३० भन्दा बढी विशिष्ट गतिविधिहरू आयोजना गरिने छन्। तीमध्ये: प्रकाश कला सो, कला प्रबन्ध प्रदर्शनी, चित्र कोर्ने प्रतियोगिता, फोटो प्रदर्शनी, फेशन सो र बाल-बालिकाको कला प्रतिस्पर्धा समावेश छन्। सो कला महोत्सव जनवरी ७ तारिखसम्म चल्ने छ।