चीनका राष्ट्राध्यक्ष सी चिनफिङको नयाँ वर्षको सन्देशप्रति चिनियाँ मुक्ति सेनाद्वारा हार्दिक प्रतिक्रिया व्यक्त
2024-01-03 11:13:27cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको नयाँ वर्षको सन्देशला चिनियाँ मुक्ति सेनाद्वारा हार्दिक प्रतिक्रिया जनाइएको छ। व्यापक सैनिकहरूले सन्देश सुनेर चिनियाँ कम्युनिष्ट पार्टीको निर्देशनलाई आत्मसाथ गरी शक्तिशाली सेनाको निर्माण गर्ने, बलियो मुलुकको निर्माण र चिनियाँ जातिको पुनःउत्थान कार्यमा नयाँ शक्ति थप्ने व्यक्त गरेका छन्।

चीनको उत्तर पश्चिमी मरूभूमिदेखि दक्षिण पूर्वी समुद्र किनारको सैनिक अभ्यासस्थलसम्म, सीमावर्तीको चौकीदेखि टाढा सागरमा रहेको पानीजहाज टोलीसम्म सैनिकहरूले राष्ट्राध्यक्ष सीको सन्देशमा गम्भीर कार्यभार अनुभव गरेका छन्।