हु लु स्याओ बाजा
2024-01-03 09:42:45cri
Share with:

हु लु स्याओ बाजा चिनियाँ अल्पसंख्यक जातिको फूकेर बजाइने बाजा हो। त्यो दक्षिण-पश्चिमी चीनमा बसोबास गर्ने ताइ जाति, आ छांग जाति र वा जाति आदि अल्पसंख्यक जातिले सबैभन्दा बढी मन पराउने र सबैभन्दा बढी उपयोग गर्ने बाजाहरुमध्येको एक हो।

      हु लु स्याओ बाजाको इतिहास लामो छ। त्यसको शुरुवात इसा पूर्व 221 मा भएको हो। आजको हु लु स्याओले बनौटको दृष्टिकोणबाट हेर्ने हो भने प्राचीनकालका उस्तै बाजाका विशेषता कायम राखेको छ।

      हु लु स्याओको आकार र बनौट एकदमै विशेष खालको छ। त्यसलाई यौटा पूर्ण तुम्बामा बाँसका तीनवटा नली र धातुका तीनवटा रिड जोडेर बनाइको छ। तुम्बाको टुप्पोमा फुक्नका लागि यौटा बाँसको नली जोडिएको छ। त्यो तुम्बा स्वतः गुन्जन बाकस बनेको छ। अनि तुम्बा मुनिबाट तीनवटा मोटा वा मसिना बाँसका नली घुसाइएका छन। हरेक बाँसको नलीमा यौटा तामा वा चाँदीको रिड अंकित छ। बीचको मुख्य नली सबैभन्दा मोटो छ। त्यस नलीमा सातवटा प्वाल बनाइएका छन जसबाट संगीतको धुन बनाउन सकिन्छ।