नयाँ वर्षको विदामा चीनमा आवातजावत गर्ने यात्रीको कुल मात्रा १३ करोड
2024-01-03 15:30:12CRI
Share with:

जनवरी २ तारिख, चीनको यातायात तथा ढुवानी मन्त्रालयका अनुसार, नयाँ वर्षको तीन दिने विदामा चीनभरि रेलमार्ग, राजमार्ग, जलमार्ग र हवाईमार्गद्वारा आवतजावत गर्ने यात्रुको कुल संख्या लगभग १३ करोड पुगेको छ। तीमध्ये रेलयात्रीको संख्या ४ करोड ३८ लाख १९ हजार, यसै गरी, राजमार्गद्वारा ७ करोड ७४ लाख ५ हजार मानिसहरू आवताजावत गरेका छन् भने जलमार्ग र हवाईमार्गमा क्रमशः १९ लाख ८ हजार र ५१ लाख पुगेको छ। नयाँ वर्षको विदामा मुख्यतया छोटो यात्रा रूचाइएको देखिन्छ। बेइजिड, शाङहाई, क्वाङचौ, सिआन र हार्बिनजस्ता शहर र बेइजिङ-थ्येनचिन-हपै, याङसी नदी क्षेत्र, सछ्वान-छोङछिङजस्ता महानगरीय क्षेत्र हट स्थल बनेका छन्।

हाल यात्रुहरूले यातायातका क्रममा धेरै विकल्पहरू पाएका छन्। अनुकूलित यातायात, संयुक्त यातायातलगायतका ढाँचाहरूको विकास र प्रवर्द्धनसँगै थप सहजता र उल्लेखनीय सुधार हुँदै गएको छ।