रमणीय शाङहाईमा नेपाली स्वाद
2024-01-03 10:24:38CRI
Share with:

पूर्वको पेरिस मानिने शाङहाई लामो इतिहास तथा संस्कृतिसँगसँगै आधुनिकता बोकेको र आफ्नो आकर्षणमा वशीभूत गर्न सक्ने एउटा जादुमयी शहर हो। शाङहाई चीनको सबैभन्दा समृद्ध र धनी शहरमध्येको एक मानिन्छ। जनसंख्याका आधारमा चीनको सबैभन्दा ठूलो शहर पनि हो। यो शहरलाई चीन र विश्वकै महत्त्वपूर्ण आर्थिक केन्द्र मानिन्छ। यही शहरमा विगत २०/२२ वर्षदेखि नेपाली किचेन नामक रेस्टुराँले चिनियाँ तथा विश्वभरका मानिससमक्ष नेपाली स्वाद पस्किरहेको पनि छ।