बेइजिङको वाङफूचिङ सडक र आकर्षक थ्रीडी
2024-01-03 10:22:35CRI
Share with:

सन् २०२४ नव वर्षको ३ दिने विदामा चीनभरि १३ करोड ५० लाखजनाले आन्तरिक पर्यटन गरेका छन्। जसबाट पर्यटकीय आम्दानी लगभग ८० अर्ब युआन पुगेको छ।

चीनको संस्कृति र पर्यटन मन्त्रालयअन्तर्गत तथ्याङ्क केन्द्रका अनुसार, नव वर्षको तीन दिनको विदामा आन्तरिक पर्यटन बजारमा यात्रुको संख्या १३ करोड ५० लाख पुगेको र गत वर्षको सोहि अवधिको तुलनामा १५५.३ प्रतिशतले वृद्धि भएको छ। यसबाट ७९ अर्ब ७३ करोड चिनियाँ युआनको आमदानी भएबाट गत वर्षको सोहि अवधिको तुलनामा २००.७ प्रतिशतले वृद्धि भएको छ।

यस भिडियोमा नव वर्षको पहिलो दिन बेइजिङको प्रसिद्ध वाङफूचिङ सडकको दृश्य देख्नसकिन्छ। कोभिड महामारीपछि देखिएको यो भीडभाड र उल्लासमय वातावरणले पुरानो झल्को दिलाएको छ।

Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/