बरफ शहर निकै रमाइलो
2024-01-04 14:43:16CRI
Share with:

यस हिउँद ऋतुमा सबैभन्दा रमाइलो कहाँ देखिन्छ? चीनको उत्तरपूर्वी भागको है लोङ च्याङ प्रान्तको हार्पिन शहर अवश्य नै रमाइलो देखिन्छ। धेरै मानिसहरूले अनलाईन तथा अफलाईनमार्फत त्यस बरफ शहरप्रति आफ्नो मनको इच्छा र भावना व्यक्त गरेका छन्।

सन् २०२४ नयाँ वर्षको ३ दिने बिदामा हार्पिन शहरमा अघिपछि गरी ३० लाखभन्दा बढी पर्यटक पुगेका छन्। त्यसबाट पर्यटनको कुल आमदानी करिब ६ अर्ब चिनियाँ युआन पुगेको छ। पर्यटकको संख्या र पर्यटन आमदानी दुवैले नयाँ ऐतिहासिक किर्तिमान सिर्जना गरेको छ।