सन् २०२३ मा विश्वमा सयभन्दा बढी पटक ६ म्याग्निच्युड बढीको भूकम्प
2024-01-04 14:33:09CRI
Share with:

वर्तमान समयमा पनि विश्वका धेरै ठाउँहरूमा भूकम्प आइरहेका छन्। जनवरी २ तारिख चिनियाँ भूकम्प निगरानी सञ्जालले प्रकाशित गरेको तथ्याङ्क अनुसार, सन् २०२३ मा विश्वभर ६ म्याग्निच्युडभन्दा बढीको भूकम्प १२९ पटक गएका छन्। ७ म्याग्निच्युडभन्दा बढीको भूकम्पको सँख्या १९ पटक छन्। गत वर्ष, फेब्रवरी २ तारिखमा टर्कीमा गएका २ पटकको ७.८ म्याग्निच्युडको भूकम्पहरू सबैभन्दा ठूला भूकम्पहरू हुन्।

सन् २०२३ मा, विश्वभर ८ म्याग्निच्युडको भूकम्प गएको छैन। पछिल्लो पटक सन् २०२१ जुलाई २९ तारिखमा अमेरिकाको अलास्काको दक्षिणी समुद्रमा ८.१ म्याग्निच्युडको भूकम्प गएको थियो। सन् २०२३ मा ७ म्याग्निच्युडभन्दा बढीको भूकम्पको सँख्या १९ पटक छन् जुन सन् १९०० देखिको वार्षिक औसत सँख्या (१८ पटक) को तुलनामा करिब बराबर देखिन्छ। तापनि अघिल्लो वर्ष, सन् २०२२ को तुलनामा यो सँख्या निकै बढी रहेको छ। विश्वमा ७ म्याग्निच्युडभन्दा माथिका ठूला भूकम्पको गतिविधि क्रमशः कमजोरबाट शक्तिशालीमा परिवर्तन भएको छ।

सन् २०२३ मा ७ म्याग्निच्युडभन्दा बढीका ९५ प्रतिशत भूकम्प युरोप-एशिया भूकम्प क्षेत्रमा र अस्ट्रेलिया प्लेटको उत्तरपूर्वी सीमामा गएका छन्। यसका साथै युरोप-एशिया भूकम्प क्षेत्रमा ७ पटक ७ म्याग्निच्युडभन्दा बढीका भूकम्प गएका छन्, अस्ट्रेलिया प्लेटको उत्तरपूर्वी सीमामा ११ पटक ७ म्याग्निच्युडभन्दा बढीको भूकम्प गएका छन्।

सन् २०२३ जनवरीदेखि जुनसम्मको अवधिमा विश्वमा १४ पटक ७ म्याग्निच्युडभन्दा बढीको भूकम्प गएका छन् र यसले वर्षभरिको कुल सँख्यामा ७३.७ प्रतिशत भाग ओगटेको छ।