इरानमा भएको आतंकवादी हमलाका मृतकप्रति चीनको श्रद्धाञ्जली
2024-01-04 16:16:23CRI
Share with:

दक्षिण-पूर्वी इरानको कर्मान प्रान्तमा भएको भयंकर आतंकवादी आक्रमणमा धेरैको मृत्यु भएको घटनाप्रति आफू स्तब्ध भएको भन्दै चीनले मृतकप्रति हार्दिक श्रद्धान्जली र घाइते तथा मृतकका परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। चीनले सबै प्रकारको आतंकवादको विरोध गरेर आतंकवादी आक्रमणको कडा निन्दा गर्नुका साथै राष्ट्रिय सुरक्षा तथा स्थिरताको सुरक्षा गर्न इरानको प्रयासलाई दृढताका साथ समर्थन दिएको छ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले ४ तारिख नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।