चीनप्रति अमेरिकाको जनमत युद्धको औद्योगिक श्रृंखला
2024-01-04 16:14:54CRI
Share with:

युरोपेली विद्वान जेन ओबर्गले हालै अन्तर्वार्ता दिँदै अमेरिकाले एक मस्यौदा प्रस्तुत गरी लगातार पाँच वर्षसम्म बजेट विनियोजन गर्दै पत्रकारलाई चीनसम्बन्धी नकारात्मक समाचार बनाउने प्रस्ताव गरेको कुरा बताउनुभयो। “विश्व दृष्टिकोण”ले जाँचबुझ गरेअनुसार, ओबर्गले भन्नुभएको उक्त मस्यौदा अमेरिकी काँग्रेसको सिनेटको कुटनीतिक मामिला समितिले सन् २०२१ अप्रिल महिनामा पारित गरेको “सन् २०२१ रणनीतिक प्रतिस्पर्धा मस्यौदा”मा लेखिएको विषयसित मिल्दोजुल्दो छ।

उक्त मस्यौदाले अमेरिकाले सन् २०२२देखि सन् २०२६सम्म हरेक वर्ष ३० करोड अमेरिकी डलरको रकम छुट्याएर “चीनको विश्वव्यापी प्रभावशैली”सँग प्रतिद्वन्दिता गर्ने प्रस्ताव गरेको छ।

हालैका वर्षहरूयता अमेरिकाले गलत रुपमा चीनलाई सबैभन्दा ठूलो रणनीतिक प्रतिस्पर्धीको रुपमा राखेको छ। “बेल्ट एण्ड रोड”, चीनको अर्थतन्त्र, सिन्च्याङआदि विषयहरू अमेरिकाले चीनलाई बदनाम गर्ने महत्वपूर्ण विषयहरू बनेका छन्।

सिन्च्याङ विषयलाई उदाहरण लिउँ, अझै धेरै व्यक्तिहरूले साँच्चै सिन्च्याङ हेरेपछि “सिन्च्याङका प्रवक्ता” बनेका छन्। गत वर्षको गृष्म चीनका लागि २५ वटा मुलुकका राजदूतहरूले सिन्च्याङको भ्रमण गरेका थिए। उनीहरूले सिन्च्याङको अवलोकन गरेपछि पश्चिमी सञ्चार-माध्यमले भन्दै आएको सिन्च्याङ भाष्य फरक भएको बताएका थिए। 

“बेल्ट एण्ड रोड” प्रस्ताव विश्वको सबैभन्दा ठूलो सार्वजनिक हित बनेको साथसाथै चीनले विकासोन्मुख मुलुकहरूलाई अर्थतन्त्र अघि बढाउन मद्दत दिएको मात्र नभई विश्वका लागि नयाँ ढाँचा र नयाँ विचार ल्याएको छ।