चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक व्यूरोको बैठक
2024-01-04 19:20:49CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक व्यूरोले बैठक गरेर चिनियाँ राष्ट्रिय जन काँग्रेस, राज्य परिषद्, जनराजनीतिक परामर्शदात्री सम्मेलन, सर्वोच्च जन अदालत र सर्वोच्च जन-न्यायाधिवक्ता कार्यालयको कार्यविवरण सुन्नुका साथै केन्द्रिय सचिवालयको कार्य प्रतिवेदन सुनेको छ। महासचिव सी चिनफिङले बैठकको अध्यक्षता गर्नुभएको छ। 

पार्टीको बीसौं महाधिवेशनदेखि चिनियाँ राष्ट्रिय जन काँग्रेस, राज्य परिषद्, जनराजनीतिक परामर्शदात्री सम्मेलन, सर्वोच्च जन अदालत र सर्वोच्च जन-न्यायाधिवक्ता कार्यालयले सी चिनफिङ नयाँ कालमा चिनियाँ विशेषतायुक्त समाजवादी विचारधाराको निर्देशनमा पार्टीको केन्द्रिय समितिको एकीकृत नेतृत्वको सुरक्षा गर्दा पार्टी तथा देशको समग्र योजनाअनुसार कार्यान्वयन  गरी आर्थिक विकास अघि बढाउन र सामाजिक स्थिरताको प्रत्याभूति गर्न सकारात्मक योगदान दिएका छन्। जसबाट विभिन्न कार्यमा नयाँ उपलब्धि हासिल गरिएको छ।