इरान हमलाप्रति चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्गवारा इरानी राष्ट्रपति समक्ष समवेदना सन्देश
2024-01-04 17:35:02CRI
Share with:

इरानमा भएको भयंकर आतंकवादी हमलाको विषयमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ४ तारिख  इरानी राष्ट्रपति सैयद इब्राहिम राइसीलाई समवेदना सन्देश पठाउनुभएको छ।

उहाँका अनुसार, इरानको कर्मान प्रान्तमा भयंकर आतंकवादी आक्रमण भएको छ जसबाट गम्भीर हताहती भएको सूचना पाइएको छ। उहाँले चीन सरकार र जनताको प्रतिनिधित्वमा मृतकप्रति हार्दिक श्रद्धान्जली र घाइते तथा मृतकका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ। 

चीनले सबै प्रकारको आतंकवादको विरोध गर्दै आतंकवादी आक्रमणको कडा निन्दा गर्नुका साथै राष्ट्रिय सुरक्षा तथा स्थिरताको सुरक्षा गर्न इरानको प्रयासलाई दृढताका साथ समर्थन दिएको कुरामा पनि उहाँले जोड दिनुभएको छ।