चीन विश्वको अर्थतन्त्र अघि बढाउने इन्जिन बनिरहने
2024-01-04 16:18:31CRI
Share with:

गत वर्ष चिनियाँ अर्थतन्त्रले बाहिरी दबावको सामना गरेर पनि निरन्तर उच्च गुणस्तरीय विकासलाई कायम राखेको छ। सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाको पूर्वानुमानअनुसार, सन् २०२३ मा चीनको आर्थिक वृद्धि लगभग ५.२ प्रतिशत छ र वृद्धि गति विश्वका मुख्य अर्थतन्त्रमा अग्रणी स्थान कायम राखेर विश्वको वृद्धिमा सबैभन्दा ठूलो इन्जिन बनेको छ। 

नयाँ वर्षमा चीनले नयाँ विकास विचारधारा लागू गरेर नयाँ विकास ढाँचाको निर्माणलाई तीव्र पार्नुका साथै उच्च गुणस्तरीय विकासलाई अगाडि बढाउनेछ। चीन विश्वको अर्थतन्त्रको प्रवर्द्धनमा निरन्तर रूपमा महत्वपूर्ण इन्जिन बनेर विश्वको अर्थतन्त्रमा निश्चितता र सक्रिय शक्ति थप्नेछ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले ४ तारिख नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।