चीनका राष्ट्राध्यक्ष सी चिनफिङको नयाँ वर्षको सन्देशप्रति विभिन्न क्षेत्रका जनताद्वारा हार्दिक प्रतिक्रिया व्यक्त
2024-01-04 11:15:08cri
Share with:

सन् २०२४ नयाँ वर्षको सन्देशमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सन् २०२३ मा चीनले हासिल गरेको उपलब्धिबारे सिंहावलोकन गर्नुहुँदै सारा मुलुकका जनतालाई प्रयासमार्फत् सपना साकार तुल्याउन र उज्ज्वल भविष्यको सिर्जना गर्न प्रोत्साहन गर्नुभएको छ। व्यापक मोर्चा र जनताहरूले उक्त सन्देश सुनेर अझ घनिष्ठ रूपमा राष्ट्राध्यक्ष सी चिनफिङ केन्द्रित चिनियाँ कम्युनिष्ट पार्टी वरपर र एकताबद्ध भएर बलियो मुलुकको निर्माण गर्ने तथा चिनियाँ जातिको पुनःउत्थान गर्ने कार्यमा नयाँ अध्याय लेख्ने व्यक्त गरेका छन्।

चीनको फुच्यान प्रान्त स्यामन सहरका नागरिक चाङ ह्वा च्युआनले यसरी व्यक्त गरेराष्ट्राध्यक्ष सीको शुभकामना सन्देशले हामीलाई नयाँ वर्षको अवसरमा न्यानो बनाएको छ।

यसै गरी, चिनियाँ जहाज ग्रूपका उच्च इन्जिनियर चाङ वैले भनेनयाँ वर्षमा राष्ट्राध्यक्ष सीको निर्देशनलाई आत्मसाथ गरेर बलियो समुद्र मुलुकको निर्माणमा प्रयास गर्दैजाने छौँ।

यस वर्ष चिनियाँ खेलाडीहरूले नयाँ रेकर्डको सिर्जना गर्दै चीनको जीवन्त शक्ति देखाइएको छ। चिनियाँ महिला बास्केटबल खेलाडी चाङ रूले राष्ट्राध्यक्ष सीको सन्देशबाट आफू प्रोत्साहित भएको बताइन्। ‘राष्ट्राध्यक्ष सीको सन्देशले मलाई प्रोत्साहन गरेको छ। नयाँ वर्षमा मैले ओलम्पिक खेलकुदमा राम्रो नतिजा प्राप्त गर्न अझ बढी प्रयास गर्ने छु’, उनले भनिन्।