सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म चीनको सेवा व्यापारको आयात र निर्यातको कुल मात्रा गत वर्षको सोही अवधिको तुलनामा ९ प्रतिशतले वृद्धि
2024-01-05 15:08:17CRI
Share with:

चीनको वाणिज्य मन्त्रालयले सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्मको चीनको सेवा व्यापारको तथ्याङ्क प्रकाशित गरेको छ।

सन् २०२३ को जनवरीदेखि नोभम्बरसम्म चीनको सेवा व्यापारको विकास क्रम निरन्तर बढ्दैगएको छ। सेवा व्यापारको आयात र निर्यातको कुल मात्रा ५८ खर्ब ९० अर्ब २० करोड चिनियाँ युआन पुगेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ९ प्रतिशतले बढेको छ। यस क्रममा निर्यात मात्रा २४ खर्ब ७ अर्ब ४२ करोड पुगेको छ र गत वर्षको तुलनामा ६.८ प्रतिशतले घटेको छ। आयात मात्रा ३४ खर्ब ८२ अर्ब ७८ करोड छ र २३.५ प्रतिशतले बढेको छ। सेवा व्यापार घाटा १० खर्ब ७५ अर्ब ३६ करोड पुगेको छ।

सन् २०२३ को नोभम्बरमा सेवा आयात र निर्यातको मात्रा ५ खर्ब ४४ अर्ब ७८ करोड पुगेको छ र गत वर्षको तुलनामा १३.७ प्रतिशत बढेको छ। यसका साथै सेवा निर्यात १.४ प्रतिशतले बढेर सेवा आयात २४.४ प्रतिशतले बढेको छ।

सेवा व्यापारको वृद्धि कायम राखेको छ भने पर्यटन सेवा व्यापारको वृद्धि सबैभन्दा तीव्र देखिन्छ।