सीएमजीको सन् २०२४ वसन्त चाडको साङ्गीतिक गालाद्वारा पैचिङ अतिरिक्त ४ शाखा आयोजनास्थलको स्थापना
2024-01-05 15:18:25CRI
Share with:

चिनियाँ पात्रो अनुसार हरेक वसन्त चाडको पूर्वसन्ध्यामा आयोजना गरिने साङ्गीतिक गाला चिनियाँहरूको “सांस्कृतिक भोज” बनिसकेको छ। चाइना मिडिया ग्रुपले सार्वजनिक गरेको खबर अनुसार, सन् २०२४ वसन्त चाडको साङ्गीतिक गाला मुख्यस्थल पैचिङबाहेक ल्याउ निङको शन याङ, हु नानको छाङ शा, पल्लो शान सीको सीआन र सिन्च्याङको खाश यी ४ वटा शाखा स्थलमा पनि आयोजना गरिने छ। त्यति बेला विश्वभरका दर्शकहरूले चीनको विभिन्न स्थानका मनोञ्जनात्मक रीतिरिवाज बोकेको ड्रयागन वर्षको साङ्गीतिक गालाको अवलोकन गर्नसक्ने छन्।

केही समयअघि ७८ औँ संयुक्त राष्ट्र संघ महासभाले सर्वसम्मतिबाट एउटा निर्णय प्रस्ताव पारित गर्दै वसन्त चाडलाई संयुक्त राष्ट्र संघको विदा दिनको रूपमा निश्चित गरेको छ। हाल अधिकांश मुलुक र क्षेत्रले वसन्त चाडलाई कानुन बमोजिम प्रचलित विदाको रूपमा व्यवहार गर्न थालेका छन्। विश्वका झण्डै पाँच खण्डको १ खण्डका जनसङ्ख्याले विविध तरिकामार्फत वसन्त चाड मनाउने गर्दछन्।