माल्दिव्सका राष्ट्रपतिले चीनको भ्रमण गर्नुहुने
2024-01-05 15:20:17CRI
Share with:

 

चीनको परराष्ट्र मन्त्रालयको वेबसाइटले जनवरी ५ तारिख जनाए अनुसार, राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा गणतन्त्र माल्दिव्सका राष्ट्रपति महमद मुइजुले जनवरी ८ देखि १२ तारिखसम्म चीनको राजकीय भ्रमण गर्नुहुनेछ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले उक्त जानकारी दिनुभएको हो।