सन् २०२३ लगभग ४०० समूहका ४ हजार ३०० सय विदेशीद्वारा सिन्च्याङको भ्रमण
2024-01-05 17:37:40CRI
Share with:

सन् २०२३ मा कजाकिस्तान, पाकिस्तान, मलेशिया, जापान, इजिप्ट, फ्रान्स, जर्मनी, क्यानडा, अरब लिग लगायत देश तथा अन्तर्राष्ट्रिय संगठनका लगभग ४०० टोलीबाट ४ हजार ३ सयभन्दा बढी विदेशी पाहुनाहरूले सिन्च्याङको भ्रमण गरेका छन्। त्यसमा सरकारी अधिकारी, कूटनीतिज्ञ, विद्वान तथा विशेषज्ञ, सम्वाददाता र सर्वसाधारण पनि छन्। उनीहरू सिन्च्याङको धार्मिक ठाउँको भ्रमण गर्नुका साथै सँस्कृतिको सुरक्षा तथा उतराधिकार, उत्पादन तथा विकास र सर्वसाधारणको सुखमय जीवनको अनुभव गरेका छन्।

५ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।

उहाँका अनुसार, केही देशहरूले सिन्च्याङसम्बन्धी कथित “नरसंहार” “जबर्जस्ती श्रम” भन्दै झुटा प्रचार गर्नुका साथै गाजा आदि क्षेत्रमा मानवीय दुर्घटनाको वेवास्ता गरेका छन्। जसले उनीहरूको पाखण्डी तथा दोहोरो मापदण्डको अनुहार देखाएको छ। चीनले अझ बढी विदेशी साथीहरूलाई सिन्च्याङको यात्रा गर्न स्वागत गरेको छ।