प्रायद्वीपको शान्ति तथा स्थिरताको सुरक्षा गर्नुपर्ने चीनको धारणा
2024-01-05 17:39:07CRI
Share with:

५ तारिख आयोजित चिनियाँ परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वनपिनले वर्तमान कोरियाली प्रायद्वीपको परिस्थितिसम्बन्धी प्रश्नको जवाफ दिनुभएको छ। 

उहाँका अनुसार, चीनले कोरियाली प्रायद्वीपको परिस्थितिको विकास तथा परिवर्तनमाथि नजर पुर्याइरहेको छ। हाल सम्बन्धित पक्षबीचको द्वन्द्व बढेर प्रायद्वीपको परिस्थिति क्रमशः गम्भीर बन्दैछ। छिमेकी चीनले प्रायद्वीपको शान्ति तथा स्थिरताको सुरक्षा गर्न वार्ता तथा सल्लाहमार्फत् समस्याको समाधान गर्ने धारणा लिएको छ। चीनले विभिन्न पक्षसँग संयम कायम राख्नुका साथै तनाव बढाउने कुनै कदम नचालेर अर्थपूर्ण वार्ता पुनःसुरू गर्नुपर्ने बताएको छ।