चाइना मिडिया ग्रुपको “सन् २०२४ वसन्त चाडको साङ्गीतिक गाला” को आयोजन स्थलहरू सार्वजनिक
2024-01-05 16:53:34cri
Share with:

 

चाइना मिडिया ग्रुपको “सन् २०२४ वसन्त चाडको साङ्गीतिक गाला” को अरू आयोजन स्थलसम्बन्धमा जनवरी ४ तारिख सार्वजनिक गरिएको छ। पैचिङमा रहेको मुख्य आयोजक स्थलबाहेक, ल्याउ निङ प्रान्तको शन याङ शहर, हु नान प्रान्तको छाङ शा शहर, पल्लो शान सी प्रान्तको सी आन शहर र सिन च्याङ युगुर स्वायत्त प्रदेशको काशगर शहरगरी चारवटा ठाउँलाई शाखा आयोजक स्थलहरूको रूपमा प्रस्तुत गरिएको छ। योसँगै वसन्त चाडको पूर्वसन्ध्यामा विश्वभर बस्ने चिनियाँहरुका लागि ड्रागन पर्व सम्बन्धी एउटा भावनापूर्ण तथा न्यानो साङ्गीतिक गाला प्रदर्शन गरिने भएको छ।

 

चीनको केन्द्रीय प्रचार-प्रसार विभागका उप-प्रमुख, चाइना मिडिया ग्रुपका निर्देशक शन हाई श्योङ शाखा आयोजन स्थल सार्वजनिक कार्यक्रममा उपस्थित हुनुभएको थियो। चाइना मिडिया ग्रुपको “सन् २०२४ वसन्त चाडको साङ्गीतिक गालाले “१ जोड ४” ढाँचा अर्थात् एउटा मुख्य आयोजक स्थल पैचिङ तथा चार वटा शाखा आयोजन स्थलमार्फत विविध किसिमका कलाबाट चीनका विभिन्न ठाउँहरुमा वसन्त चाडको उल्लास तथा मङ्गलमय वातावरण प्रदर्शन गर्ने छ।