अमेरिकी “प्रेस स्वतन्त्रता”को लुगा धुजा धुजा
2024-01-06 16:48:09CRI
Share with:

पैचिङका लागि टर्की अनादोलु समाचार एजेन्सीका पूर्व सम्वाददाता कामिल एर्डोग्डुले “यसपटक अमेरिकी प्रेस स्वतन्त्रता”को लुगा बिग्रिएको भन्ने शीर्षकमा एउटा लेख प्रकाशित गर्नुभएको छ। 

उहाँका अनुसार, केही वर्षयता चीनले अझ सक्रिय तरिकामार्फत् चीनको कथा सुनाइरहेको छ। चीनले ढोका खोलेका कारण विश्वका साथीहरूलाई चीन भ्रमण गर्न स्वागत गरिरहेछ। त्यसैले विश्वमा चीनको प्रभाव र प्रतिष्ठा बढ्दै छ। 

यसको उल्टो अमेरिकाले विगत पाँच वर्षमा ठूलो रकम लगाएर पश्चिमा सम्वाददातालाई चीनसम्बन्धी नक्कली सामग्री बनाउने ठग जनमत हुर्काउँदै लगेको छ। युरोपेली विद्वान जान ओबर्गले प्रकाशित गरेको जानकारी अनुसार, अमेरिकी काँग्रेसले पाँच वर्षअघि  एक अर्ब ५० करोड डलरसम्बन्धी एउटा कानून पारित गरेको थियो। त्यसको उदेश्य पश्चिमा सम्वाददाता र सम्पादकलाई चीनको नकारात्मक समाचार बनाउन तालिम दिनु हो। 

विद्वान ओबर्गले अन्तर्वार्ता दिंदै चीनको भ्रमण वा चीनमा बसेका पश्चिमाहरूले पश्चिमा सञ्चार माध्यमको चीनसम्बन्धी जानकारीबारे फरक धारणा लिएका कुरा व्यक्त गर्नुभएको छ। उनीहरू देखेको चीनले अमेरिकामाथि धम्की दिनु होइन, अमेरिकाले विविध निहुँको सिर्जना गरेर चीनमाथि धम्की दिनु हो। त्यसको कारण स्पष्ट छ, सोभियत संघको विच्छेदपछि अमेरिकी राजनितिज्ञले नयाँ “शत्रु”को स्थापना गर्नु हो। 

त्यसैले सञ्चार माध्यम चीनमा हिलो छ्याप्ने सहयोगी बनेका छन्। केही वर्षयता, अमेरिकाको समर्थनमा कथित “स्वतन्त्र मिडिया” र “तेस्रो पक्ष” मिडियाले चिनियाँ सिन्च्याङ युगुर स्वायत्त प्रदेश र हङ्कङ् विशेष प्रशासनिक क्षेत्रसम्बन्धी नक्कली समाचार सिर्जना गरेका छन्। कोभिड महामारीको अवधिमा यी मिडियाहरूले चीन विरुद्ध घृणा फैलाएका थिए। 

यसअघि अमेरिकाबाट प्रकाशित “२०२१ रणनीतिक प्रतिस्पर्धा कानून”का अनुसार, सन् २०२२देखि २०२६सम्म हरेक आर्थिक वर्षमा अमेरिकाले ३० करोड डलर लगानी गरेर विश्वमा चीनको प्रभावलाई घटाउनेछ। यी रकम कुन क्षेत्रमा प्रयोग गरिएको भन्ने अनुमान गर्न गाह्रो छैन।  

तर वास्तवमा अमेरिकाले कमजोर पारिरहेको आफ्नो सरकार र मिडियाको विश्वसनीयता हो भन्ने कुरा सम्वाददाता कामिल एर्डोग्डुले लेखमा सारांश गर्नुभएको छ।