चिनियाँ उप-परराष्ट्र मन्त्रीद्वारा म्यानमारको भ्रमण
2024-01-06 17:28:01CRI
Share with:

चिनियाँ उप-परराष्ट्र मन्त्री सुन वैतुङले ४ तारिखदेखि ६सम्म म्यानमारको भ्रमण गर्नुभएको छ। सो अवसरमा उहाँले म्यानमारका नेता Min Aung Hlaing मिन औङ ह्लाइङसँग भेट-वार्ता गर्नुका साथै म्यामारका उप-विदेशमन्त्री  ल्विन ओसँग छलफल गरेर चीन तथा म्यानमार सम्बन्ध र उत्तरी म्यानमारको परिस्थिति लगायत साझा अभिरूचिका मामिलाबारे गहिरो रूपमा वैचारिक आदानप्रदान गर्नुभएको छ। 

दुई पक्षले दुई देशका नेतागणबीचको सहमतिलाई गहिरो रूपमा कार्यान्वयन गर्दा “बेल्ट एण्ड रोड” र चीन-म्यानमार आर्थिक करिडोरको उच्च गुणस्तरीय रूपमा निर्माण गरी चीन-म्यानमार भाग्य समुदायको निर्माणलाई तीव्र पार्न स्वीकार गरेका छन्।  दुई पक्षले सीमा क्षेत्रको शान्ति तथा स्थिरताको सुरक्षा गर्नुका साथै सहयोगमा दूरसंचार धोखाधडी लगायत सीमापार अपराध माथि प्रहार गर्नेछन्। चीनले रचनात्मक भूमिका खेलेर उत्तरी म्यानमारको शान्ति प्रक्रियालाई समर्थन दिने दोहोर्याएको छ।