अमेरिकाले चीनलाई बदनाम गर्ने श्रृंखला
2024-01-06 20:09:39CRI
Share with:

युरोपेली विद्वान जेन ओबर्गले हालै अन्तर्वार्ता दिँदै चर्चा गर्नुभएको मस्यौदा अमेरिकी काँग्रेसको सिनेटको कूटनीतिक मामिला समितिले सन् २०२१ अप्रिल महिनामा पारित गरेको “सन् २०२१ रणनीतिक प्रतिस्पर्धा मस्यौदा”मा लेखिएको विषयसित मिल्दोजुल्दो छ। उक्त मस्यौदाअनुसार, सन् २०२२देखि सन् २०२६सम्म अमेरिकाले हरेक वर्ष ३० करोड अमेरिकी डलरको रकम छुट्याएर “चीनको विश्वव्यापी प्रभावशैली”सँग प्रतिद्वन्दिता गर्ने प्रस्ताव गरेको छ।

स्वीडेनको “बेल्ट एण्ड रोड” अनुसन्धान संस्थानका उप निर्देशक हुसैन अस्कारीले अनुसन्धान गर्नुभएअनुसार, सन् २०१८ मे महिनामा “ऋण जाल” भन्ने शब्द सर्वसाधारणका आँखामा प्रवेश भएको छ। त्यस अवधिमा हार्वर्ड केनेडी स्कूलको वेभसाइटले “ऋण कूटनीति” शीर्षकको पेपर सार्वजनिक गरेको थियो। यो पेपरका दुई जना लेखक अर्थतन्त्र क्षेत्रका विशेषज्ञ होइनन्। यो पेपरका प्रथम लेखक साम पार्कर  अमेरिकी राष्ट्रिय भौगर्भिक सुरक्षा मन्त्रालयबाट अमेरिकी होमल्याण्ड सेक्युरिटी विभागमा आएका हुन्। 

अमेरिकी परराष्ट्र मन्त्रालयले त्यसपछि सञ्चार-माध्यमहरूलाई यो पेपर वितरण गरेको थियो। सन् २०१८ मे महिनामा “ऋण जाल”सार्वजनिक गरिएपछि सञ्चार-माध्यमहरूको जानकारीको संख्यामा ठूलो मात्रामा बृद्धि भएको थियो। 

भीओएको उदाहरणका लागि सन् २०२३मा“बेल्ट एण्ड रोड”सम्बन्धी त्यसको ९३ प्रतिशतको जानकारी नकारात्मक थियो। तीमध्ये “ऋण जाल”भन्ने यो शब्द धेरै पटक देखिएको थियो। 

गत वर्षको नोभेम्बर महिनामा तेस्रो“बेल्ट एण्ड रोड”अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च सम्पन्न भएको दुई हप्ताभन्दा कम समयमा अमेरिकी विलियम र मेरी कलेजको एड-डेटा  अनुसन्धान कार्यशालाले एक प्रतिवेदन सार्वजनिक गरी “बेल्ट एण्ड रोड”को साझा निर्माणमा सहभागी मुलुकहरूले चीनलाई दिएको ऋणको कुल रकम १० खर्ब अमेरिकी डलरभन्दा बढी पुगेको भन्दै अतिरञ्जना गरेको थियो। 

अमेरिकी अन्तर्राष्ट्रिय विकास कार्यालयको वेभसाइटको सूचनाअनुसार, यो कार्यशालालाई लामो समयदेखि अमेरिकाद्वारा सहायता दिइएको छ।