चीनद्वारा ५ अमेरिकी सैन्य उद्योग व्यवसायमाथि सजाय
2024-01-07 15:35:08CRI
Share with:

अमेरिकाले एक चीन नीति र चीन-अमेरिकाबीच ३ संयुक्त विज्ञप्ति, विशेष गरी “अगष्ट १७” विज्ञप्ति उल्लंघन गरेर चिनियाँ थाइवान क्षेत्रलाई हतियार बिक्री गरेको छ। साथै अमेरिकाले विविध निहुँ सिर्जना गरेर चिनियाँ व्यवसाय र व्यक्तिमाथि अवैध एकतर्फी सजाय दिएको छ। जसले चीनको सार्वभौमिकता र सुरक्षित फाइदामाथि गम्भीर क्षति पुर्याउनुका साथै थाइवान जलडमरूको शान्ति तथा स्थिरता भंग गरी चिनियाँ व्यवसाय तथा व्यक्तिको उचित तथा वैज्ञानिक फाइदालाई गम्भीर उल्लङ्घन गरेको छ। चीनले त्यसप्रति कडा निन्दा र विरोध गरेर अमेरिकासँग गम्भीरताका साथ कुरनकानी गरिसकेको छ।

गलत कार्वाहीका कारण “जन गणतन्त्र चीनको विदेशी नाकाबन्दी प्रतिरोध  कानुन”अनुसार चीनले बी.ए.यी सिस्टम्स ल्याण्ड एण्ड अर्मामेन्ट, एलियन्ट टेक-सिस्टम्स अपरेसन, एरोभाइरोमेन्ट, भियास्याट र डेटा लिङ्क सोलुसन लगायत ५ अमेरिकी सैन्य उद्योग व्यवसायमाथि नाकाबन्दी गर्ने निर्णय गरेको छ। नाकाबन्दी कदममा चीनमा यी व्यवसायहरूको चल सम्पत्ति, अचल सम्पत्ति र अन्य प्रकारका सम्पत्ति रोक्का गर्ने, चीनको संगठन तथा व्यक्तिसँगको व्यापार तथा सहकार्य निषेध गर्ने कुरा समेटिएका चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन्।