चीनको विदेशी विनिमय सञ्चिति ३२ खर्ब ३८ अर्ब डलर
2024-01-07 15:41:29CRI
Share with:

चिनियाँ विदेशी विनिमय व्यवस्था विभागबाट प्रकाशित तथ्यांक अनुसार, सन् २०२३ डिसेम्बरको अन्तिमसम्म चीनको विदेशी विनिमय सञ्चिति ३२ खर्ब ३८ अर्ब डलर पुगेको छ। गत नोभेम्बरको तुलनामा ६६ अर्ब २० करोड अमेरिकी डलर बढेको छ। जसको वृद्धि २.१ प्रतिशत भएको छ। साथै यो सन् २०२२को डिसेम्बरभन्दा १ खर्ब १० अर्ब ३० करोड डलर बढेर वृद्धि दर ३.५प्रतिशत भएको छ। 

सम्बन्धित जानकारी अनुसार, गत डिसेम्बरमा मुख्य अर्थन्त्र समूहको मुद्रा नीति र पूर्वानुमान आदि कारणले अमेरिकी डलर सूचकाङ्क घट्यो र विश्वव्यापी बैकिंङ पूँजीको माग बढेको थियो।