वसन्त चाड २०२४ को पारवहन अवधिमा वायु सेवाबाट आवत-जावत यात्रीहरुको संख्या ८ करोड पुग्ने
2024-01-08 18:56:51cri
Share with:

अखिल चीन वायु सेवा ब्युरोले जनवरी ८ तारिख नियमित प्रेस सम्मेलन आयोजना गरेको छ। सम्बन्धित जिम्मेवार व्यक्तिका अनसुसार, सन् २०२४ को ४० दिने वसन्त चाडको पारवहन अवधि जनवरी २६ तारिखदेखि मार्च ५ तारिखसम्म हुनेछ। वसन्त चाडको पारवहन अवधिमा वायु सेवाबाट आवत-जावत यात्रीहरुको संख्या ८ करोड पुग्ने छ भने हरेक दिन औसत रुपमा २० लाख हुने र इतिहासको नयाँ किर्तिमान सिर्जना गर्न सकिने प्रक्षेपण छ।

 

“आफन्तसँग भेट्ने जोड घुम्ने” चालु वर्ष यात्रा गर्ने चर्चित तवर बन्ने छ। जापान, दक्षिण कोरिया र दक्षिण पूर्वी एसिया लगायत मुलुकहरु घुमघाम गर्ने चर्चित मुलुकहरु बन्ने छन्। अरु देशमा बस्ने आफन्तहरुसँग भेट्ने तथा विदेशमा पढ्ने माग पनि बढ्दै जाने छ।