गत वर्ष तिब्बतमा भ्रमण गर्ने पर्यटकको सङ्ख्याद्वारा नयाँ रेकर्ड सिर्जना
2024-01-08 18:57:45cri
Share with:

सन् २०२३ मा तिब्बतले ५ करोड ५० लाख पर्यटकलाई स्वागत गर्नुका साथै ६५ अर्ब चिनियाँ युआनको आम्दानी गरेको छ। पर्यटनको आवागमन र आम्दानी दुवै हिसाबले तिब्बतले नयाँ ऐतिहासिक किर्तिमान सिर्जना गरेको छ। सन् २०२४ को जनवरी ७ तारिख आयोजित तिब्बत स्वायत्त प्रदेशको १२ औँ जन काङ्ग्रेसको दोस्रो बैठकबाट उक्त तथ्याङ्क प्राप्त भएको हो।

 

चालु वर्ष तिब्बतले लगातार रूपमा सांस्कृतिक पर्यटन लगायतका विविध विशेषतायुक्त व्यवसायको सदुपयोग गर्दै जी ३१८, जी २१९ र जी ३४९ आदि पर्यटन लाइन सम्बर्द्धन प्रबन्धलाई पूर्णता दिलाउँदै जानेछ। यस बाहेक तिब्बतले १० भन्दा उत्कृष्ट पर्यटकीय स्थल स्थापना गर्नुका साथै १५ वटा विशेषतायुक्त ग्रामीण क्षेत्रको सुधार गर्ने योजना बनाएको छ।