विश्व स्वास्थ्य सँगठनका महानिर्देशक: सयौँ बिरामी र चिकित्सा कर्मचारीहरू मध्य गाजाको अल-अक्सा अस्पताल छोड्न बाध्य भए
2024-01-08 14:50:42cri
Share with:

जनवरी ८ तारिखको अल अरेबिया टिभीको एक रिपोर्ट अनुसार, ७ तारिख विश्व स्वास्थ्य सँगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले मध्य गाजामा पर्ने अल-अक्सा अस्पताल नजिकै बढ्दो शत्रुता तथा आक्रमणका कारण र खाली गर्ने आदेश दिइएकाले अल-अक्सा अस्पतालमा ६०० भन्दा बढी बिरामी र धेरै चिकित्सा कर्मचारीहरू अस्पताल छोड्न बाध्य भएको बताउनुभएको उल्लेख छ।

टेड्रोसले अल-अक्सा अस्पताल मध्य गाजाको सबैभन्दा महत्त्वपूर्ण अस्पताल भएको र यसको कार्यक्षमतालाई कायम र सुरक्षित राख्न जोड दिनुभएको छ। उहाँले गाजामा पर्याप्त स्वास्थ्य सेवा नभएकाले गाजाको कठिनाई अझै बढिरहेको बताउनुभएको छ।