चीनका धेरै ठूला यातायात परियोजनाहरू तीव्र गतिमा
2024-01-08 14:50:04cri
Share with:

नयाँ वर्षको शुरुवातसँगै चीनमा धेरै ठूला यातायात परियोजनाहरूका काम ठूलो गतिमा भइरहेका छन्। उच्च गुणस्तरीय आर्थिक र सामाजिक विकासलाई समर्थन गर्न आधुनिक तथा उच्च गुणस्तरीय राष्ट्रिय व्यापक त्रि-आयामिक यातायात सञ्जालको निर्माणलाई तीव्रता दिइएको छ।

यातायात मन्त्रालयको बृहत् योजना विभागका उपनिर्देशक वु झिहुआले जानकारी दिनुभएअनुसार यस वर्ष चीनले यातायातमा प्रभावकारी लगानी विस्तार गर्ने, आधुनिक यातायात पूर्वाधार प्रणाली निर्माण गर्ने, व्यापक यातायात प्रणालीको लचिलोपन बढाउने, आर्थिक पुनरुत्थानलाई सुदृढ पार्ने र उत्तम काम जारी राख्ने छ। चीनको उच्च गुणस्तरीय विकासका लागि यातायातले अग्रणी भूमिका खेलेको छ।