विगत २० वर्षदेखि चीनमा अन्नबालीको राम्रो फसल हुँदै
2024-01-08 18:56:10cri
Share with:

सन् २०२४ नयाँ वर्षको उपल‍क्ष्यमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले दिनुभएको शुभकामना सन्देशमा विगत २० वर्षदेखि चीनमा अन्नबालीको राम्रो फसल हुँदै आएको छ भने ग्रामिण क्षेत्रको पुन:उत्थानमा नयाँ मुहार देखा परेको औँल्याउनुभएको छ। चालु वर्षको प्रारम्भमा करोडौँ किसानहरुले खेतीमा काम गर्दै कृषि सम्बन्धी शक्तिबाली मुलुकको निर्माणलाई गतिशीलताका साथ गर्नुका साथै ग्रामिण क्षेत्रको पुन:उत्थान सम्बन्धी नयाँ चित्र कोर्न थालेका छन्।

 

चालु वर्ष चीनले उच्च मापदण्डको खेतीको निर्माण तथा सुधार सम्बन्धी क्षेत्रफल निरन्तर रुपमा बढाउने छ। वर्तमान चिनियाँ ग्रामिण क्षेत्रमा अरु बढी “युवा शक्ति” रहेको छ। स्वरोजगारीका लागि जन्मथलो फर्केका १ करोड २० लाख भन्दा युवापुस्ता खेतीमा जीवनको मूल्य हासिल गरी हुर्केका छन्।