विभिन्न स्थानका ग्रामीण क्षेत्रको विशेषतायुक्त व्यवसाय धमाधमसँग विकसित
2024-01-08 19:10:37cri
Share with:

नयाँ वर्ष शुरू भएपछि विभिन्न स्थानका ग्रामीण क्षेत्रको विशेषतायुक्त व्यवसायहरू धमाधमसँग विकसित भइरहेकाले हिउँद ऋतुको गाउँघरमा भरिपूर्ण नयाँ जिवन्त शक्ति देखिएको छ। हाल फूलबजारको रमाइलो बिक्री गरिने सिजन शुरू भएको शान तुङ र आन ह्वैका विभिन्न ठाउँका फूलव्यापारीहरू पनि व्यस्तसँग कारोबार गरिरहेका छन्।

यसै हिउँद ऋतुमा विभिन्न स्थानले आ-आफ्नो पर्यावरणीय श्रेष्ठताको सदुपयोग गर्दै ग्रामीण क्षेत्रका सांस्कृतिक पर्यटनको नयाँ मार्काको सिर्जना गर्नुका साथै ग्रामीण क्षेत्रको उपभोग्य शक्तिलाई पनि तेजिलो पारेका छन्। नयाँ वर्ष शुरू भएयता रमाइलो गाउँ वस्तु महोत्सव र विविध शैलीका होमस्टेले झन् झन् बढी पर्यटकलाई आकर्षित गर्दै आएका छन्। गाउँघरका होमस्टेको बस्ने दर लगभग ९० प्रतिशत रहेको छ।

वसन्त चाड नजिकिँदै गएको सिलसिलामा रीतिरीवाज र चाडपर्व चाहिने मालसामाल बजार निकै लोकप्रिय बनेको देखिन्छ। त्यसैगरी अधिकांश विशेषतायुक्त व्यवसाय बोकेका ग्रामीण क्षेत्रले उत्पादनको न्यानो सिजनमा पनि प्रवेश गरेका छन्।